गृहपृष्ठ रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

dubera-newskarobar सांकेतिक तस्बिर ।

रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका दुई युवकको शनिबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । सैनामैनाको वडा नं ३ मा रहेको काली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर वडा नं ८ का ३२ वर्षीय डोलबहादुर खप्तरी मगरको मृत्यु भएको हो ।

त्यस्तै शनिबार नै स्थानीय इङ्गोरिया खोलामा डुबेर वडा नं ८ का अन्दाजी १८ वर्षका आशिष न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए । (रासस)

प्रकाशित समय २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु