गृहपृष्ठ प्रहरी भन्छ- सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्यो
प्रहरी भन्छ- सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्यो
सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक गतिविधि बढ्दै गएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाललाई राम्ररी प्रयोग गर्न सके फाइदा पुग्ने भए पनि दुरुपयोग भइरहेकाले नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।
महानगरीय प्रहरीवृत्त कालीमाटी र सामुदायिक फ्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा सुरक्षा सुदृढीकरणसम्बन्धी कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यस्ता विकृति र अपराध रोकथामका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम आएको जानकारी गराए । समुदायको सहयोग प्राप्त भए अपराध नियन्त्रणमा प्रहरीले सहजै सफलता हासिल गर्न सक्ने उनको भनाइ छ ।
समाजमा हुने अपराध रोकथाम तथा न्यूनीकरणका लागि समुदाय र प्रहरीबीच सहकार्य गर्ने विषयमा शनिबार नै चन्द्रागिरि र गोंगबुमा पनि कार्यक्रम गरिएको छ ।
प्रकाशित समय २०:२५ बजे

















