गृहपृष्ठ जिल्ला अदालतका २ न्यायाधीश बर्खास्त

जिल्ला अदालतका २ न्यायाधीश बर्खास्त

न्याय परिषद्ले जिल्ला अदालतका दुई न्यायाधीशलाई बर्खास्त गरेको छ ।

मंगलबार न्याय परिषद्ले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनिहरुका उपर सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय समिति गठन भएर छानबिन गरिएको थियो । समितिको अध्ययनका आधारमा उनीहरुलाई बर्खास्त गरिएको हो ।

शैक्षिक प्रमाणपत्र नक्कली पेस गरेको र न्यायिक विचलन समेत गरेको भन्दै उनीहरुमाथि छानबिन भएको हो । यसअघिनै दुबै न्यायाधीशलाई परिषद्मा तानिएको थियो । भिएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले बदनियतपूर्ण झुकाव राखेका थिए ।

यस्तै आचारण सुधार नगरेको र पटक–पटक परिषद्मा गम्भीर उजुरी परेपछि न्यायाधीश उपाध्यायलाई कारबाही गरिएको हो ।

प्रकाशित समय ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु