गृहपृष्ठ गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगैसँगै रहन सक्दैनन् : प्रधानमन्त्री ओली

गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगैसँगै रहन सक्दैनन् : प्रधानमन्त्री ओली

kp-oli-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र र गरिबी सँगसँगै रहन नसक्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको उल्लखे गरेका छन् ।

सबैलाई खाद्य व्यवस्था, आवास र कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा विकासको प्रस्तानबिन्दु भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएको र सार्थक बनाउन सरकार दृढ रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसले नेपालीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको तथा गणतान्त्रिक संस्थाहरूको मर्यादा र गणतान्त्रिक प्रक्रियाको सम्मान गर्न सिकाएको बताउँदै गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली भएको स्पष्ट पारेका छन् ।

विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध सरकार केन्द्रित रहेको उनको भनाइ छ ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु