गृहपृष्ठ गणतन्त्र दिवसमा ४ सय ३४ कैदीलाई सजाय माफी

गणतन्त्र दिवसमा ४ सय ३४ कैदीलाई सजाय माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा चार सय ३४ कैदीको भुक्तान हुन बाँकी सजाय मिनाह गरेकी छन् ।

गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा मन्त्रिपरिषदले ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीलाई माफी दिने निर्णय गरेको हो । उनीहरू आज छुटदैछन् । असल चालचलन भएका र सजाय छोट्याउनयोग्य देखिएकालाई संविधानको धारा २ सय ७६ बमोजिम माफी दिने गरिएको छ ।

माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी द्वारा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु