गृहपृष्ठ मधुवन नगरपालिकाबाट तीन महिला वेपत्ता

मधुवन नगरपालिकाबाट तीन महिला वेपत्ता

missing-bepatta-newskarobar

मधुवन नगरपालिका–५ बाट तीन महिला वेपत्ता भएका छन् ।

गत बुधबार बिहान ५ बजेदेखि उनीहरू वेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरूमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित हुन् ।

अघिल्लो साँझ घरमै भएको बुहारी भोलिपल्ट बिहान ५ बजे ओछ्यानमा नभेटिएको नगरपालिका–५ गाउँ नं ११ का भीमराज सापकोटाले बताए । सापकोटाले बिहान उठ्दा बुहारी नभेटिएको बताएका छन् । उनीहरूले प्रयोग गरेको मोबाइल ‘स्वीचअफ’ छ ।

नेपालमा भएका सम्पूर्ण आफन्तलाई सम्पर्क गर्दासमेत फेला नपरेपछि आफन्तले इलाका प्रहरी कार्यालय सानोश्रीमा खोजबिनका लागि उजुरी दिएका छन् । माइती नेपाल नेपालगञ्जमा समेत खोजबिनका लागि निवेदन दर्ता गराएका छन् ।

वेपत्ता तीनै जनाको घर नजिकै छ । इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी निरीक्षक गणेशमान खड्काले उनीहरूको हुलियाको आधारमा खोजीकार्य जारी रहेको बताए। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बेपत्ताको खोजीका लागि सबै स्थानमा प्रहरी खटाइएको बताए ।(रासस)

प्रकाशित समय ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु