गृहपृष्ठ टुँडिखेलमा गणतन्त्र दिवस मनाइँदै

टुँडिखेलमा गणतन्त्र दिवस मनाइँदै

गणतन्त्र दिवस २०७६ विभिन्न कार्यक्रमका साथ सैनिक मञ्च टुँडिखेलमा मनाइँदैछ ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतको उपस्थिति छ ।

समारोहमा सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टि गराइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले मार्चपास गरेका छन् भने विभिन्न समूहले सांस्कृतिक झाँकी प्रस्तुत गरेका छन् ।

प्रकाशित समय १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु