गृहपृष्ठ ४ वर्षपछि खुल्यो तातोपानी नाका
४ वर्षपछि खुल्यो तातोपानी नाका
फाइल तस्बिर
नेपाल–चीन सीमा नाका तातोपानी ४ वर्षपछि सञ्चालनमा आएको छ । ०७२ साल वैशाख १२ को भूकम्पले बन्द भएको नाका बुधबार बिहानदेखि सञ्चालनमा आएको हो ।
भूकम्पछि चीनले एकतर्फी रुपमा नाका सञ्चालनमा रोक लगाएको थियो । नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा उन बोकेका चारवटा ट्रकलाई नेपालतर्फ पठाएर नाका उद्घाटन गरिएको हो ।
नाका खुलाउनका लागि चिनियाँ राजदूत मंगलबार साँझ नै कोदारी पुगेकी थिइन् ।
प्रकाशित समय ११:३१ बजे

















