गृहपृष्ठ ल्यापटप र मोबाइल चोरीमा सक्रिय गिरोह पक्राउ

ल्यापटप र मोबाइल चोरीमा सक्रिय गिरोह पक्राउ

pakrau-arrest-newskarobar

काठमाडौंका विभिन्न होस्टेलबाट ल्यापटप र मोबाइल चोरीमा सक्रिय गिरोह पक्राउ परेको छ । मोबाइल तथा ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कैलाली टिकापुर नगरपालिका–९ बनगाँउका २३ वर्षीय बालकृष्ण चौधरी, सोही ठाउँका २३ वर्षीय राजन थापा, काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका– ५ का २३ वर्षीय शिखर गौतम र उदयपुर रौतामाई गाउँपालिका– १ का २४ वर्षीय डेबिट भन्ने बिष्णु बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ९ थान ल्यापटप र ५ थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ उनीहरुलाई कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखले जनाएको छ ।

प्रकाशित समय १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु