गृहपृष्ठ विश्वकप क्रिकेट : इंग्ल्यान्डविरूद्ध पाकिस्तान १४ रनले विजयी

विश्वकप क्रिकेट : इंग्ल्यान्डविरूद्ध पाकिस्तान १४ रनले विजयी

pakistan-england-newskarobar

जोय रूट र जस बट्लरको शतकीय पारीका बाबजुद सोमबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई नतिजा सुम्पिएको छ । पाकिस्तानले दिएको ३४९ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले रुटको १०७ तथा बट्लरको १०३ रनका बाबजुद ३३४ रनमात्र बनाउन सकेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४८ रन बनायो । एक दिवसीय विश्वकपमा इंग्ल्यान्डविरुद्ध कुनै पनि टिमले बनाएको यो हालसम्मकै उच्च स्कोर हो । मोहम्मद हफिजले ८४ रनको महत्वपूर्ण योगदान गरे । उनले ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए ।

बाबर आजमले ६६ बलमा ४ चौकार १ छक्काको मद्दतमा ६३ रनको योगदान गरे । ओपनर फरार जमान र इमाम उल हकले ८२ रनको साझेदारी गर्दै पाकिस्तानको पारी उकासे । जमान ३६ रनमा आउट भए । हकले ४४ रन बनाए ।

कप्तान शरफराज अहमिदले महत्वपूर्ण ५५ रन जोडे । आशिफ अली १४ रनमा पेभेलियन फर्किए । सोएब मलिक ९, हसन अली १०, वहाब रियाज ४, र सादव खानले १० रनमात्र बटुल्न सके ।

इंग्ल्यान्डका लागि मोइन अलीले ३ विकेट हात पारे । क्रिस वोक्सले ८ ओभरमा १ मेडन सहित ७१ रन खर्चेर ३ विकेट लिए । मार्क उडले २ विकेट लिए ।

प्रकाशित समय ०६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु