गृहपृष्ठ विश्वकप क्रिकेट : इंग्ल्यान्डलाई पाकिस्तानको विशाल चुनौती
विश्वकप क्रिकेट : इंग्ल्यान्डलाई पाकिस्तानको विशाल चुनौती
एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई ३ सय ४९ रनको विशाल चुनौती दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय रन ४८ रन बनायो । एक दिवसीय विश्वकपमा इंग्ल्यान्डविरुद्ध कुनै पनि टिमले बनाएको यो हालसम्मकै उच्च स्कोर हो । मोहम्मद हफिजले ८४ रनको महत्वपूर्ण योगदान गरे । उनले ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए ।
बाबर आजमले ६६ बलमा ४ चौकार १ छक्काको मद्दतमा ६३ रनको योगदान गरे । ओपनर फरार जमान र इमाम उल हकले ८२ रनको साझेदारी गर्दै पाकिस्तानको पारी उकासे । जमान ३६ रनमा आउट भए । हकले ४४ रन बनाए ।
कप्तान शरफराज अहमिदले महत्वपूर्ण ५५ रन जोडे । आशिफ अली १४ रनमा पेभेलियन फर्किए । सोएब मलिक ९, हसन अली १०, वहाब रियाज ४, र सादव खानले १० रनमात्र बटुल्न सके ।
इंग्ल्यान्डका लागि मोइन अलीले ३ विकेट हात पारे । क्रिस वोक्सले ८ ओभरमा १ मेडन सहित ७१ रन खर्चेर ३ विकेट लिए । मार्क उडले २ विकेट लिए ।
प्रकाशित समय १९:३३ बजे

















