गृहपृष्ठ प्रधानमन्त्री ओली दोहामा

प्रधानमन्त्री ओली दोहामा

KP-Oli_newskarobar फाइल तस्बिर

युरोपेली मुलुकहरुको भ्रमणको लागि स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरको प्रधानमन्त्री केपी शर्मा ओली कतारको राजधानी दोहा पुगेका छन् । दोहाको हमाद अन्तर्राष्ट्रि«य विमानस्थलमा प्रधानमन्त्री ओलीलाई त्यहाँको नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरुले स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम संगठनको शतवार्षिकी समारोहमा सहभागी हुन आइतबार बिहान दोहाबाट जेनेभाका लागि प्रस्थान गर्नेछन् । जेनेभापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल तथा सांसदहरु विमलप्रसाद श्रीवास्तव, विन्दा पाण्डेलगायत छन् । (रासस)

प्रकाशित समय ०६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु