गृहपृष्ठ विश्वकप क्रिकेट : इंग्ल्यान्डसँग बंगलादेश १०६ रनले पराजित

विश्वकप क्रिकेट : इंग्ल्यान्डसँग बंगलादेश १०६ रनले पराजित

england-newskarobar

विश्वपक क्रिकेटअन्तर्गत शनिबार भएको खेलमा इंग्ल्यान्डसँग बंगलादेश १०६ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको ३८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.५ ओभरमा अलआउट हुँदै जम्मा २८० रन बनाएको हो ।

बंगलादेशका लागि सहिब अल सहनले सर्वाधिक १२१ रन तथा मुसाफिकर रहिमले ४४ रन बनाए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३८६ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ज्यासन रोयले सर्वाधिक १५३ रनको सानदार पारी खेले । १ सय २१ बलको सामना गरेका रोयले १४ चौका र ५ छक्काको सहयोगमा १५३ रन बनाउँदै टिमको स्कोर उच्च पार्न सहयोग पु-याए । त्यस्तै, जोस बट्लरले ६४ तथा जोन वैस्ट्रोले ५१ रन जोडे ।

इंग्ल्यान्डको यो स्कोर विश्वकप क्रिकेट २०१९ को अहिलेसम्मकै ठूलो स्कोर हो यो । यससँगै जारी विश्वकपका १२ खेल सम्पन्न भएका छन् ।

प्रकाशित समय ०६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु