गृहपृष्ठ क्षयरोग नियन्त्रण गर्न सरकार तत्पर : उपेन्द्र यादव
क्षयरोग नियन्त्रण गर्न सरकार तत्पर : उपेन्द्र यादव
फाइल तस्बिर
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार तत्पर रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय क्षयरोग कार्यक्रम’ सम्बन्धी कार्यक्रममा यादवले क्षयरोग उन्मूलनका लागि सरकार लागिपरेको बताएका हुन् । भौगोलिक जटिलता र आर्थिक अभावले चुनौतिको रुपमा देखिएको क्षयरोग नियन्त्रण गर्न प्रदेश र स्थानीय तहसँग समन्वय गरी अघि बढने उपप्रधानमन्त्री यादवले बताए ।
नेपालले सन् २०३५ भित्र क्षयरोग नियन्त्रण गर्ने प्रतिबद्धता जनाइसकेको छ । विश्व स्वास्थ्य संगठनमा गरिएको प्रतिबद्धता पूरा गर्न सरकारले आवश्यक संस्थागत संरचनाको विकास गरिरहेको यादवको भनाइ छ ।
प्रकाशित समय १७:२० बजे

















