गृहपृष्ठ २१ तोला सुनसहित बुटवलबाट १ जना पक्राउ

२१ तोला सुनसहित बुटवलबाट १ जना पक्राउ

२१ तोला सुनसहित स्याङजा स्याङ्जा आँधीखोला ६ का ४५ वर्षीय भिमबहादुर भाट क्षेत्री पक्राउ परेका छन् ।

क्षेत्रीलाई २१ तोला सुन र नगदसहित बुटवलको बसपार्क नजिकैबाट प्रहरीले पक्राउ गरेको हो । शंकास्पद रुपमा हिडिरहेका क्षेत्रीमाथी शंका लागेर खोजतलास गर्ने क्रममा २१ तोला सुन र २ लाख ६१ हजार भारतीय मुद्रा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उनलाई राजश्व सम्बन्धी कसुर अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । क्षेत्रीको साथबाट चाँदी र मोबाइल पनि बरामद गरिएको छ ।

प्रकाशित समय ०८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु