गृहपृष्ठ होन्डुरसको पोस्टमा ब्राजिलको ७ गोल
होन्डुरसको पोस्टमा ब्राजिलको ७ गोल
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित निकालेको छ ।
पोर्टाे एलेग्रीमा आइतबार राति भएको खेलमा ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो । ब्राजिल स्टाइकर नेयमारबीनै मैदान उत्रिएको थियो । कतारविरुद्धको खेलमा घाइते भएपछि नेयमार मैदान बाहिर छन् । ब्राजिलको शानदार जितमा गाब्रियल जेससले २ गोल गरे । थियागो सिल्भा, फिलिपे कौटिन्हो, डेभिड नेरेस, रोबर्टाे फिर्मिनो र रिचालीसनले समान १–१ गोल गरे ।
ब्राजिल घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिका कपको तयारीमा छ । समूह ‘ए’ मा ब्राजिलले बोलिभिया, भेनेजुएला र पेरुसँग प्रतिस्पर्धा गर्नेछ । होन्डुरस भने कोन्काकाफ गोल्डकपको तयारीमा छ ।
प्रकाशित समय ०८:२३ बजे

















