गृहपृष्ठ सिमेन्ट उद्योगको प्लान्ट भत्कँदा दाङमा तीन मजदुरको मृत्यु

सिमेन्ट उद्योगको प्लान्ट भत्कँदा दाङमा तीन मजदुरको मृत्यु

दाङमा निर्माणधीन सिमेन्ट उद्योगको ढलाइ भत्किँदा तीन मजदुरको मृत्यु भएको छ ।

लमही नगरपालिका– ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा छैटौं तलाको सट्रिङ भत्कँदा तीन भारतीय मजदुरको ज्यान गएको हो । मृत्यु हुनेमा भारत झारखण्डका ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन र ४६ वर्षका साहेव रहेको प्रहरीले जनाएको छ ।

तीन जना घाइते भएका छन् । घाइते अजय हेरेन र नरेन बोडोलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने दिपेन बोडोको स्थानीय फ्लोरेन्स अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान २ बजे घटना भएको प्रहरीले जनाएको छ ।

दिउँसो बढी गर्मी बढी हुने भएकाले रातको समयमा काम भइरहेको थियो ।

प्रकाशित समय ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु