गृहपृष्ठ पर्यटन प्रवर्धन गर्न पोखरामा ग्रामीण पर्यटन मार्ट

पर्यटन प्रवर्धन गर्न पोखरामा ग्रामीण पर्यटन मार्ट

tourism-mart-homestay-newskarobar

गण्डकी प्रदेशका होमस्टेको प्रवर्धन गर्ने उद्देश्यले शुक्रबारदेखि पोखरामा ग्रामीण पर्यटन मार्ट सुुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना र ग्रामीण पर्यटन प्रवर्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको समन्वयमा पोखराको माउन्ट कैलाश रिसोर्टमा दुईदिने कार्यक्रम सुरु भएको हो ।

गण्डकी प्रदेशका ११ जिल्लाका हिमालदेखि तराइसम्म होमस्टे छन् । प्रदेशमा हालसम्म २७३ वटा होमस्टे सूचीकृत भए पनि मार्टमा भने करिब ३५ होमस्टे सहभागी छन् । सहभागी केही होमस्टेले आफ्नो गाउँ ठाउँको परिवेशसहितको कला संस्कृतिक झल्कने विषयवस्तु प्रदर्शन गरेका छन् ।स्याङ्जाको सिरुबारीदेखि सार्कमै उत्कृष्ट घोषित लमजुङको घले गाउँ होमस्टेको मार्टमा सहभागिता छ ।

यसैबीच, ग्रामीण पर्यटन मार्टका अवसरमा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका समाचारदाता बासुदेव पौडेल र कान्तिपुर टेलिभिजनका संवाददाता भुपाल गुरुङलाई सम्मान गरिएको छ । ग्रामीण पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पु-याएको भन्दै भिटोफ गण्डकी प्रदेशले क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार २०७६ बाट उनीहरुलाई सम्मान गरेको हो । पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ छ ।

प्रकाशित समय ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु