गृहपृष्ठ ५ किलो चरेससहित पर्साबाट २ जना पक्राउ

५ किलो चरेससहित पर्साबाट २ जना पक्राउ

pakrau-arrest-newskarobar

लागुऔषध चरेससहित पर्साबाट दुई जना पक्राउ परेका छन् ।

प्रहरीले पर्साको छिपरमाई गाउँपालिका–५ भिष्वाका ३२ वर्षीय इम्तियाज आलम र वीरगन्ज महानगरपालिका–२ छप्कैयाकी ३२ वर्षीया मीना खातुनलाई ५ किलो चरेससहित पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी चौकी इनर्वा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्जको घन्टाघर नजिकबाट पक्राउ गरेको हो ।

उनीहरु बिआर २२ एल ८२५५ नम्बरको मोटरसाइकलमा रक्सोलतर्फ जाँदै थिए । प्रहरीले मोटरसाइकल पनि बरामद गरेको छ ।

प्रकाशित समय ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु