गृहपृष्ठ बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना, ९ जनाको मृत्यु
बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना, ९ जनाको मृत्यु
ठूलो हावाहुरी र वर्षाका कारण घाइतेको उद्धारमा कठिनाइ
सांकेतिक तस्बिर ।
बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टातर्फ जाँदै गरेको से. १ झ १०७२ नम्बरको जिप मष्टा–१, डौठ्या खोलाको घुम्तीमा दुर्घटनामा परेको बझाङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । घटनास्थलमा रहेका डीएसपी सूर्यबहादुर केसीका अनुसार ठूलो वर्षा र हावाहुरी चलिरहेकाले घाइतेको उद्धारमा कठिनाइ भइरहेको छ ।
प्रकाशित समय १९:१७ बजे

















