गृहपृष्ठ सिरहाको जिरोमाइलमा एनआईसी एशियाको शाखारहित बैंकिङ
सिरहाको जिरोमाइलमा एनआईसी एशियाको शाखारहित बैंकिङ
एनआईसी एशिया बैंकले सिरहाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलमा ३२औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरीले गरेका छन् ।
शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगिलाल महतोलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट बैंकहरूले प्रतिनिधिमार्फत बैंकिङ सेवा प्रदान गर्ने गर्छन् । साथै सो सेवाबाट बैंकिङ कारोबारका लागि स्थानीयबासीलाई लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।
प्रकाशित समय २२:१७ बजे

















