गृहपृष्ठ ‘सुन तस्करीमा प्रहरीका उच्च अधिकारी र ठूला नेता’

‘सुन तस्करीमा प्रहरीका उच्च अधिकारी र ठूला नेता’

मोरङ- चुडामणि उप्रेती गोरेले सुन तस्करीको नाइके आफू नभएको बताएका छन् । जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा गोरेले सुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गर्दै धेरै कुरा बाहिर ल्याएका छन् ।

गोरेले तस्करीको सुन भारत जाने र लगानीकर्ता पनि भारतीय नै रहेको बताएका छन् । नेपालमा तस्करीको धन्दा छिरिङ वालेङ घलेले चलाएको उनको बयान छ । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको उनले बताएका छन् । आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको गोरेले बताएका छन् ।

छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको बयान उनले दिएका छन् । प्रहरीका उच्च अधिकारी र राजनीतिक दलको ठूला नेताको मिलेमतोमा सुन तस्करी भइरहेको उनले बताए ।

 

प्रकाशित समय १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु