गृहपृष्ठ विपक्षीसहितको समर्थनमा नीति तथा कार्यक्रम पारित

विपक्षीसहितको समर्थनमा नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको समर्थनमा पारित भएको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार बसेको संसद बैठकले जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जितेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले दिएको जवाफप्रति स्पष्टीकरण माग गरेका थिए । नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र राजपाका लालले पेस गरेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । अर्का संशोधनकर्ता प्रमिला कुमारीले भने आफ्नो प्रस्ताव फिर्ता लिएकी थिइन् ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम साझा भएको बताउँदै सबै नेपालीलाई अधिकारसम्पन्न बनाउन सरकार लागिपरेको बताए । उनले वास्तविक सुकुम्बासीलाई जनता आवास कार्यक्रममार्फत नयाँ स्थानमा सारिने जानकारी संसदलार्इ गराए ।

संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७४ पेस गरे ।

(तस्बिर रासस)

प्रकाशित समय १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु