गृहपृष्ठ हुम्ला जीप दुर्घटनाका बेपत्ताको पुत्ला बनाएर दाहसंस्कार
हुम्ला जीप दुर्घटनाका बेपत्ताको पुत्ला बनाएर दाहसंस्कार
तस्बिर : रासस
कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाको पुत्ला बनाएर अन्तिम संस्कार गरिएको छ ।
खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १० बेपत्ताको शरीर फेला नपरेकाले पुत्लाको शव बनाए र दाहसंस्कार गरिएको हो । जीप कर्णाली नदीमा खसेको दुई दिन भइसक्दा पनि बेपत्ताको अवस्था थाहा हुन नसकेपछि बुधबार खार्पुनाथ गाउँपालिकाले बेपत्ता सबैको मृत्यु भएको घोषणा गरेको थियो ।
दुर्घटनामा बेपत्ता भएका व्यक्तिका परिवारलाई गाउँपालिकाले १०–१० हजार किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको छ । लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ–५ बेडुबिसौनाबाट कर्णालीमा खसेको थियो । गोताखोरसहितको टोलीले बुधबारदेखि खोजी थाले पनि अझैसम्म फेला पार्न सकेको छैन ।
असार १५ गते गाउँपालिका भवनमा शोकसभा आयोजना तथा गाउँपालिकाभित्रका सम्पूर्ण कार्यालयमा बिदा दिइने भएको छ ।
जीपमा गाउँपालिका उपाध्यक्ष सिन्दु हमाल शाही, खार्पुनाथ–४, छिप्राका चन्द्र हमाल, खार्पुनाथ–४, नल्लाका नैनसिंह भण्डारी, जीप चालक मणि शाही, खार्पुनाथ–५, याङ्चुका बसन्ती शाही, नन्दादेवी सिंह, गोकुल सुनार, खापुर्नाथ–१ का कौँरा दमाई र उनका दुई वर्षीय छोरा रहेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।
प्रकाशित समय ०७:३५ बजे

















