गृहपृष्ठ कोपा अमेरिका : जापान र उरुग्वेले बराबरी खेले
कोपा अमेरिका : जापान र उरुग्वेले बराबरी खेले
कोपा अमेरिका फुटबलअन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा जापान र उरुग्वेले बराबरी खेलेका छन् ।
आमन्त्रित एसियाली राष्ट्र जापानले खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा उरुग्वेसँग २–२ को बराबरी खेलेको हो । २५ औं मिनेटमा जापानले अग्रता बनएको थियो । कोजी मियोशीले गोल गरेको ५ मिनेटमा नै उरुग्वेले गोल फर्कायो । नाओमिची उएडाले पेनाल्टी क्षेत्रमा एडिन्सन काभानीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा लुइस सुआरेजले गोल गरे ।
५९औं मिनेटमा जापानले फेरि अग्रता लिएको थियो । मियोशीले व्यक्तिगत दोस्रो गोल गरे । ६६ औं मिनेटमा उरुग्वेले बराबरीमा गोल फर्कायो । जोसे जिमिनेजले कर्नर बललाई हेडरमार्फत पोस्टको दिशा देखाए ।
बराबरीसँगै उरुग्वे २ खेलमा ४ अंकसहित तालिकाको शीर्षस्थानमा छ । जापानको एक अंक भएको छ । चिली ३ अंकसाथ दोस्रो र इक्वेडर अंकविहिन हुँदै पुछारमा छ ।
प्रकाशित समय ०८:१६ बजे

















