गृहपृष्ठ योग गरौं स्वस्थ रहौं
योग गरौं स्वस्थ रहौं
अन्तर्राष्ट्रिय योग दिवस विराटनगरमा विविध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा मोरङमा क्रियाशील पतञ्जलि योग समितिका विभिन्न तहगत समितिले एकत्रित कार्यक्रम आयोजना गरेका छन् ।
पतञ्जलि योग समिति मोरङ, महिला पतञ्जलि योग समिति मोरङ पतञ्जलि योग महानगर समिति र योग परिवार विराटनगरले स्थानीय परोपकार अभियान सामुदायिक भवनमा सामुहिक कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रम सहभागी योग साधकसहित सर्वसाधारणलाई योग प्रशिक्षण दिइएको थियो । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले रोग निवारण र स्वस्थ्य जीवनका लागि योग अपरिहार्य रहेको बताए ।
योग प्रशिक्षण र दिवस विशेष कार्यक्रमलगत्तै प्रभातफेरीको आयोजना गरिएको थियो । परोपकार सामुदायिक भवनबाट निकालिएको प्रभातफेरीले योगको सन्देश फैल्याउँदै नगर क्षेत्रको विभिन्न भागको परिक्रमासमेत गरेको थियो ।
प्रकाशित समय १६:३८ बजे

















