गृहपृष्ठ विराटनगरमा संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई पठाइयो

विराटनगरमा संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई पठाइयो

signature-media-bill-newskarobar

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकसहित प्रेस स्वतन्त्रताविरोधी कानुन खारेज गर्न माग गर्दै विराटनगरमा संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाइएको छ । नेपाल पत्रकार महासंघ मोरङमा आबद्ध पत्रकारहरु वीरेन्द्र सभागृहमा भेला भएर निस्केको -यालीले सिडियो कार्यालय मोरङ पुगेर संकलन गरिएको हस्ताक्षर बुझाइएको हो ।

मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेललगायतका सहभागीले प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई संकलित हस्ताक्षर बुझाएको हो । सरकारले वैशाख २६ गते संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रताविरोधी रहेको विश्लेषण गर्दै आन्दोलित भएका पत्रकारहरुले त्यसयता दुई चरणको आन्दोलनको कार्यक्रम गरिसकेका छन् ।

महासंघको केन्द्रीय सर्कुलरअनुसार तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत मिडिया काउन्सिल विधेयक फिर्ता लिन तथा प्रेस स्वतन्त्रताविरोधी कानुनहरु खारेज गर्न हस्ताक्षर संकलन गरी शुक्रबार बुझाइएको महासंघले जनाएको छ । संकलित हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी केसीले प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।

प्रकाशित समय १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु