गृहपृष्ठ पोखरामा एक कृषकको रुखबाट लडेर मृत्यु
पोखरामा एक कृषकको रुखबाट लडेर मृत्यु
सांकेतिक तस्बिर
पोखराका एक कृषक घाँस काट्दै गर्दा रुखबाट खसेर मृत्यु भएको छ । पोखरा महानगरपालिका–२१ कृष्ती बस्ने ५२ वर्षका शिवप्रसाद सुवेदीको घरनजिकै घाँस काट्न जाँदा रुखबाट खसेर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लडेर गम्भीर घाइते भएका सुवेदीको उपचारका लागि मेट्रोसिटी अस्पताल ल्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, गोर्खाको पालुङटार नगरपालिका–५, बन्देरी टोल बस्ने करिब ६५ वर्षीया देवीमाया अधिकारी मृत अवस्थामा भेटिएकी छन् । उनको घरनजिकै रोडको छेउमा खनेको नालामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १६:४४ बजे

















