गृहपृष्ठ मिडिया काउन्सिल विधेयक संशोधन नभएसम्म सशक्त आन्दोलन

मिडिया काउन्सिल विधेयक संशोधन नभएसम्म सशक्त आन्दोलन

media-council-bill-newskarobar

मिडिया काउन्सिल विधेयकका प्रावधान तत्काल संशोधन नभए पोखराबाट पनि सशक्त आन्दोलन हुने भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रको आह्वानमा जारी तेस्रो चरणको आन्दोलनअन्तर्गत पोखरामा संकलन भएको हस्ताक्षर हस्तान्तरण कार्यक्रममा पोखराका पत्रकारले यस्तो चेतावनी दिएका हुन् ।

पोखराका विभन्नि ठाउँमा संकलन भएको हस्ताक्षर नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठको नेतृत्वमा महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेललगायतले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई हस्तान्तरण गरेका छन् । मिडिया काउन्सिलमा राखिएका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध पोखरामा संकलन भएको हस्ताक्षर सरकारलाई जिल्ला प्रशासन कार्यालय कास्कमार्फत शुक्रबार पेस गरिएको हो ।

हस्ताक्षर बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बुढाले सरकारलाई तत्काल पठाउने बताए । मिडिया विधेयक राजनीतिक विषय भएकाले यसको सम्बोधन जनप्रतिनिधिबाटै हुने उनले जनाए । मानवअधिकार चोकबाट मंगलबारदेखि सुरु भएको हस्ताक्षर अभियान सिर्जना चोक, बाराही चोकलगायतका क्षेत्रमा संकलन गरिएको थियो ।

प्रकाशित समय २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु