गृहपृष्ठ योग्यता नपुगेपछि पूर्वाञ्चल विश्वविद्यालयका तीन पदाधिकारी बर्खास्त
योग्यता नपुगेपछि पूर्वाञ्चल विश्वविद्यालयका तीन पदाधिकारी बर्खास्त
पूर्वाञ्चल विश्वविद्यालयका तीन पदाधिकारीलाई बर्खास्त भएका छन् । विश्वविद्यालय कार्यकारी परिषद्ले न्यूनतम योग्यता र अनुभव नपुगेको भन्दै सहरजिष्ट्रार राजेशकुमार झा, चिकित्साशास्त्र संकायकी सहायक डिन दिप्ती सुब्बा र परीक्षा सहनियन्त्रक मेनुका श्रेष्ठलाई बर्खास्त गरेको हो । तीनै पदाधिकारीलाई विश्वविद्यालयले आफैं नियुक्त गरेको हो ।
बर्खास्तीमा परेका झाको शैक्षिक योग्यता नपुगेको र मेनुका र दिप्तीको अनुभव नपुगेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका पूर्वउपकुलपति महेश्वरमान श्रेष्ठको कार्यकालमा २०७० सालमा पदाधिकारी नियुक्ति गर्दा न्यूनतम शैक्षिक योग्यता स्नाकोत्तर हुनुपर्ने प्रावधान थियो । त्यस्तै, पदाधिकारीका लागि प्रथम श्रेणीमा उत्तीर्ण भए पाँच वर्ष र द्वितीय श्रेणी भए सात वर्ष प्राध्यापन अनुभव हुनुपर्ने थियो ।
तर, २०७४ साल चैतमा नियुक्ति पाएका मेनका र दिप्तीको प्राध्यापन अनुभव दुई वर्षमात्र छ । सहडिनमा नियुक्त भएका झाको शैक्षिक योग्यता स्नातकमात्र छ ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गठन गरेको छानबिन समितिले तीन जनालाई पदमुक्त गर्न सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।
प्रकाशित समय २१:१० बजे

















