गृहपृष्ठ इरानको हतियार प्रणालीमा अमेरिकाको साइबर हमला
इरानको हतियार प्रणालीमा अमेरिकाको साइबर हमला
अमेरिकाले इरानको हतियार प्रणालीविरुद्ध साइबर आक्रमण सुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई आक्रमण नगर्ने फैसलापछि यस्तो कदम चालिएको अमेरिकी रिपोर्टमा दाबी गरिएको छ ।
वासिङटन पोस्टका अनुसार रकेट र मिसाइल सिस्टमलाई नियन्त्रण गर्न कम्प्युटर प्रणालीलाई तारो बनाइएको छ । न्युयोर्क टाइम्सका अनुसार तेल ट्यांकरमा हमला र त्यसपछि एक अमेरिकी हवाई ड्रोन पनि खसालेपछि अमेरिकाले इरानविरुद्ध यो कदम उठाइएको हो ।
यो साइबर हमला केही समय जारी रहने छ । यसको उद्देश्य इस्लामिक रिभ्युलुसनरी गार्ड कार्पले प्रयोग गर्ने हतियार प्रणालीलाई निसाना बनाउनु हो । यो हमलापछि इरानको हतियार प्रणालीको अनलाइन कार्य बन्द हुनेछ ।
प्रकाशित समय १२:४४ बजे

















