गृहपृष्ठ युवतीमाथि शृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्न एक पक्राउ
युवतीमाथि शृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्न एक पक्राउ
काठमाडौं उपत्यकामा युवतीमाथि श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शृंखलावद्ध सिरिन्ज आक्रमणको अभियोगमा ३० वर्षीय सन्तोष कार्की पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसरको टोलीले महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केट नजिकबाट गएराति साढे १० बजे पक्राउ गरेको हो ।
पछिल्लो समय उपत्यकामा सिरिन्जबाट युवतमाथि शृंखलाबद्ध आक्रमण हुँदै आएको छ । हालसम्म ५ युवती आक्रमणमा परेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवाले सिरिन्ज नै प्रहार गरेको हो वा अन्य बस्तु हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
किन आक्रमण गरिएको भन्ने विषय पनि खुल्न बाँकी नै छ ।
प्रकाशित समय ०७:०६ बजे

















