गृहपृष्ठ सप्तरीको सकरदही पुलमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

सप्तरीको सकरदही पुलमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

accident-newskarobar

राजविराज–भारदह सडकखण्ड अन्तर्गत सप्तरीको सकरदही पुलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  हनुमाननगर कंकालिनी नगरपालिका–११, सखुवा बस्ने २५ वर्षीय अर्जुन रामको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएका रामको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । हनुमाननगरबाट भारदह जानेक्रममा स. ४ प ८६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सकरदही पुलमा दुर्घटना भएको थियो ।

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु