गृहपृष्ठ बागलुङको बरेङमा जिप दुर्घटना, एक वृद्धाको मृत्यु
बागलुङको बरेङमा जिप दुर्घटना, एक वृद्धाको मृत्यु
सांकेतिक तस्बिर ।
बागलुङको बरेङमा आज बिहान यात्रुबाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध. १ ज ४९१ नम्बरको जिप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँ बजारकी ७५ वर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको हो ।
रोकी राखेको जिप अचानक गुडेर पल्टिँदा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । गाडी सुदला चोकमा रोकेर राखेर चालक हीरा काउचा यात्रु बोलाउन गएका बेला गाडी गुडेर पल्टेको थियो ।
मृतक खत्रीले जिपबाट हाम फाल्दा छातीमा चोट लागेको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीचौकी बरेङ डाँडाले जनाएको छ । दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीया टेरिसा परियार घाइते भएकी छन् । उनलाई उपचारका लागि पाल्पा पठाइएको छ । जिपमा चार जना यात्रु सवार थिए ।
प्रकाशित समय १४:४० बजे

















