गृहपृष्ठ सर्लाहीको नवलपुरमा गोली चल्यो, एक जना घाइते
सर्लाहीको नवलपुरमा गोली चल्यो, एक जना घाइते
सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन् । गोली प्रहारबाट लालबन्दी नगरपालिका–१, नवलपुरका ३० वर्षीय जयनाथ महतो घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गोली प्रहारबाट घाइते भएका महतोको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । घाइतेको दाहिने पाखुरामा गोली लागेको छ । मजदुरी गर्दै आएका महतोमाथि गोली कसले र किन चलायो भन्ने खुल्न छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
प्रकाशित समय १४:४४ बजे

















