गृहपृष्ठ कैलालीमा पौडी खेल्ने क्रममा डुबेर तीनको मृत्यु
कैलालीमा पौडी खेल्ने क्रममा डुबेर तीनको मृत्यु
सांकेतिक तस्बिर ।
कैलालीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार तीनको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–५ स्थित रोरा नदीमा डुबेर वडा नं २ का अमर उपाध्यायका १५ वर्षीय छोरा मिलन उपाध्यायको मृत्यु भएको छ । शनिबार दिउँसो १ बजे नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । शनिबारै लम्की–चुहा नगरपालिका–३ चिसापानीमा रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१० का अन्दाजी २३/२४ वर्षका करण बुढाथोकी र कृष्ण ओली रहेको प्रहरीले जनाएको छ । उनीहरु कोहलपुरबाट चिसापानी घुम्न आएको समयमा नहरमा नुहाउन लाग्दा डुबेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र केसीले जानकारी दिए ।
डुबेका उनीहरुको शव प्रहरी र स्थानीयवासीको सहयोगमा नहरबाट निकालिएको र अहिले परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय ०७:३५ बजे

















