गृहपृष्ठ प्यूठानमा टाटा सुमो दुर्घटना, चालकको मृत्यु
प्यूठानमा टाटा सुमो दुर्घटना, चालकको मृत्यु
सांकेतिक तस्बिर ।
प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाडा नजिकै टाटा सुमो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिबार बिहान रा १ ज ६५८ नम्बरको सुमो दुर्घटना हुँदा प्यूठान नगरपालिका– २ दाखाक्वाडीका ३३ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो । सुमो पुलखोलाको सडकबाट दुई सय मिटर तल खोचमा खसेको प्रहरीले जनाएको छ । रोल्पाको लिवाङमा यात्रु छोडेर फर्किने क्रममा दुर्घटना भएको बताइएको छ ।
प्रकाशित समय ११:२८ बजे

















