गृहपृष्ठ लिबियामा ज्यान गुमाएका सन्तोषको शव ल्याउने प्रयास

लिबियामा ज्यान गुमाएका सन्तोषको शव ल्याउने प्रयास

लिबियामा विद्रोही समूहको हवाई आक्रमणमा ज्यान गुमाएका सन्तोष श्रेष्ठको शव नेपाल ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्रिपोलीस्थित अन्तरर्राष्ट्रिय आप्रवास संगठन (आइओएम)सँगको समन्वयमा शव ल्याउने तयारी भएको हो । युद्धग्रस्त मुलुकबाट श्रेष्ठको शव ल्याउन कठिन रहे पनि प्रयास जारी रहेको मन्त्रालयले जनाएको हो । लमजुङ बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका श्रेष्ठको यही असार १७ गते विद्रोहीको हवाई आक्रमणमा ज्यान गएको थियो । सो घटनामा ४० आप्रवासी र शरणार्थीले ज्यान गुमाएका थिए ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु