गृहपृष्ठ नेप्से ४ अंकले घट्यो, सिभिल र मेगा बैंकको उच्च कारोबार

नेप्से ४ अंकले घट्यो, सिभिल र मेगा बैंकको उच्च कारोबार

Stock-newskarobar

सेयर बजार परिसूचक नेप्से ४ अंकले घटेको छ । होटल, विकास बैंक, वित्त, निर्जीवन बिमा, उत्पादनमूलक र म्युचुअल फन्ड समूह बढे पनि बैंक, व्यापार, जलविद्युत, अन्य, लघुवित्त र जीवन बिमा समूह घटेपछि समग्र बजार परिसूचक ४.४५ अंकले घटेर १२५६.०४ अंकमा झरेको छ ।

आइतबार नेप्सेमा १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता सेयर ५४ करोड ५ लाख रुपैयाँबराबरमा किनबेच भयो । आइतबार सिभिल बैंकको ५ करोड ८० लाखबराबरको ३ लाख ७० हजार ६३७ कित्ता सेयर कारोबार भएको छ भने मेगा बैंकको २ लाख २१ हजार २५० कित्ता सेयर ४ करोड ७० लाखबराबरमा किनबेच भयो ।

बजार घट्दा पनि ६२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार स्वावलम्वन लघुवित्त र दिव्यश्वरी हाइड्रोपावरको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु