गृहपृष्ठ बाढीले बगाउँदा सिन्धुपाल्चोकमा २ जना बेपत्ता
बाढीले बगाउँदा सिन्धुपाल्चोकमा २ जना बेपत्ता
बाढीले बगाएर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चाकु ‘ए’ जलविद्युत् आयोजनाका दुई कर्मचारी बेपत्ता भएका छन् । दुई जनाको घाइते अवस्थामा उद्दार भएको छ ।
शनिबार रातिदेखि परेको अविरल वर्षापति चाकु खोलामा आएको भेलले बगाउँदा आयोजना निर्माणस्थल प्रमुख यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार यादव बेपत्ता भएका हुन् ।
घाइते भोटेकोशी गाउँपालिका–५ का कामी तामाङ र भोटेकोशी–४ का तेम्वा चोक्याल शेर्पालाई आज बिहान हेलिकप्टरबाट काठमाडाैँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घाइते दुवैको ललितपुरस्थित बिएण्डवी अस्पतालमा उपचार भइरहेको छ ।
बाढीले २२ दशमलव २ मेगावाट क्षमताको सो आयोजनालाई पनि क्षति पुर्याएको बताइएको छ ।
प्रकाशित समय १७:१३ बजे

















