गृहपृष्ठ बेलायती आइल्यान्ड जर्सीमा नेपालीको माग

बेलायती आइल्यान्ड जर्सीमा नेपालीको माग

Jesry Farming_NewsKarobar

फ्रान्सनजिकैको युरोपेली आइल्यान्ड जर्सीले कृषिका लागि नेपाली कामदारको खोजी थालेको छ । औपचारिक रूपमा ‘बेलिविक अफ जर्सी’ भनिने संयुक्त अधिराज्य बेलायतअन्तर्गतको उक्त आइल्यान्डले ब्रेक्जिटका कारण कृषि कामदारको कमी भएपछि नेपाली कामदार खोजेको हो ।

जर्सी फार्मर्स युनियनका अध्यक्ष पिटर ले माइस्ट्राले सन् २०३० का लागि १३० जना नेपाली कृषि श्रमिक लिइने बताएको जर्सी इभनिङ पोस्टले जनाएको छ ।

‘हामी युरोप बाहिरबाट कम्तिमा एक नभए दुई मुलुकबाट सन् २०२० का लागि मौसमी कामदार ल्याउनका लागि करार सम्झौता गर्ने अन्तिम चरणमा पुगेका छौं, उनले भनेका छन्, ‘हामीले हेरिरहेका मुलुकमध्ये नेपाल एक हो ।’

विगत दुई दशकयता जर्सीले पोल्यान्ड र अन्य पूर्वी युरोपेली मुलुकबाट मौसमी कृषि श्रमिक लिँदै आएको थियो । ब्रेक्जिटको अन्योल समयावधि बढेसँगै जर्सीको किसान संघले संकट गहिरिनुपूर्व नै वैकल्पिक मुलुकबाट कृषि श्रमिक खोजेको हो ।

प्रकाशित समय १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु