गृहपृष्ठ करेन्ट लागेर अछाममा एकको मृत्यु

करेन्ट लागेर अछाममा एकको मृत्यु

current-newskarobar

करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ ।

कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने स्थानमा १८ वर्षीय विकाश जनालाको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । रोपाइँ गरी घर फर्किने क्रममा विद्युतको पोल नजिक गोरु ढलेपछि हेर्न गएका विकाशलाई करेन्ट लागेको थियो । बिजुलीको पोलमा राखिएको इन्सुलेटर भाँचिएर पानीमा करेन्ट करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर एउटा गोरु पनि मरेको छ ।

प्रकाशित समय १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु