गृहपृष्ठ देशभर मनसुन सक्रिय, पाँच दिनसम्म लगातार वर्षा हुन सक्ने

देशभर मनसुन सक्रिय, पाँच दिनसम्म लगातार वर्षा हुन सक्ने

देशभर मनसुन सक्रिय भएको छ । देशको अधिकांश भागमा बदली र केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जलवायुको न्यूनचापिय रेखा अहिले उत्तरतिर सरेकोले मनसुन सक्रिय भई अबको पाँच दिनसम्म लगातार वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसपछि सो रेखा दक्षिणतिर सर्ने र नेपालमा भन्दा भारतका भू–भागमा बढी वर्षा हुने महाशाखाको अनुमान छ । अहिले पूर्वी तराईको भागमा मध्यम वर्षा भइरहेको छ ।

सप्तरी, सुनसरी, मोरङ, झापा आसपासमा भारी वर्षा हुनसक्ने महाशाखाको भनाइ छ ।

प्रकाशित समय १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु