गृहपृष्ठ अस्पतालले ४० वर्ष पुरानो बाटो बन्द गर्न लागेपछि स्थानीय आन्दोलित

अस्पतालले ४० वर्ष पुरानो बाटो बन्द गर्न लागेपछि स्थानीय आन्दोलित

janakpur zonal hospital newskarobar

जनकपुर अञ्चल अस्पतालले ४० वर्ष पुरानो बाटो बन्द गर्न लागेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् । अस्पतालको पूर्वपट्टि साविक बाटो अस्पताल प्रशासनले बन्द गर्न लागेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

मंगलबार सयौं स्थानीयबासी अस्पताल पुगेर वर्षौं पुरानो बाटो बन्द गर्न नहुने भन्दै विरोध जनाए । स्थानीयले अवरोध गरेपछि अस्पताल प्रशासनले प्रहरी बोलाएपछि केहीबेर झडपसमेत भएको छ । अस्पतालले आफूहरुमाथि बिनाकारण प्रहरी लगाएर पक्राउ गर्न खोजेको सामाजिक अभियन्ता सुशील कर्णले बताए ।

प्रहरीको हस्तक्षेपपछि स्थानीयबासीले प्रहरी र मेडिकल सुपरिटेन्डेन्टविरुद्ध नाराबाजी गरेका थिए । जनकपुर उपमहानगरपालिका–१० का अध्यक्ष मिथिलेश कर्णले बाटोको विषयमा अस्पताल प्रशासनलाई पत्र लेखेरै जानकारी गराएको बताए । ‘यस्तो अवस्थामा प्रहरी प्रशासनको बलमा बाटो बन्द गर्न खोज्नु अस्पतालको गलत काम हो,’ उनले भने ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु