गृहपृष्ठ करेन्ट लागेर झापामा ६ वर्षीय बालकको मृत्यु
करेन्ट लागेर झापामा ६ वर्षीय बालकको मृत्यु
सांकेतिक तस्बिर ।
झापामा बिहीबार बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । गौरादह नगरपालिका–८ थापा चोकमा मोबाइल चार्जमा लाउने क्रममा अचानक करेन्ट लाग्दा मोरङ रतुवामाई नगरपालिकाका ६ वर्षीय बालक रोशन महतोको मत्यु भएको हो । मृतक बालक मावलीमा बस्दै आएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय १९:१० बजे

















