गृहपृष्ठ सप्तकोशीमा पानीको वहाव वर्षकै उच्च, २३ ढोका खोलिए
सप्तकोशीमा पानीको वहाव वर्षकै उच्च, २३ ढोका खोलिए
फाइल फाेटाे
दुई दिनदेखिको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशीमा शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको ब्यारेज प्रहरीले जानकारी दिएको छ ।
पानी निकासीको लागि ५६ मध्ये २३ वटा ढोका खोलिएको छ । पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारका बासिन्लालाई सतर्क रहन सूचना जारी गरेको छ ।
कोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । २०६५ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानीको वहाव हुँदा नै सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो भने हजारौं मानिस विस्थापित भएका थिए ।
प्रकाशित समय १२:३४ बजे

















