गृहपृष्ठ बाढीले बगाउँदा पर्सामा १ जनाको मृत्यु

बाढीले बगाउँदा पर्सामा १ जनाको मृत्यु

breakingnews-newskarobar

लगातारको वर्षापछि पर्साको सिग्याही नदीमा आएको बाढीले बगाउँदा प्रदेश २ मा एकजनाको मृत्यु भएको छ । पर्सागढी नगरपालिका-१ बस्ने मेघनाथ पटेलका १० वर्षीय छोरा निखिल पटेलको मृत्यु भएको हो ।

स्थानीय सिग्याही खोलामा दाउरा छान्ने क्रममा खोलाले बगाएका निखिलको आफन्तले उद्धार गरी वीरगन्जस्थित गण्डक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रदेश २ प्रहरीका प्रवक्ता डिएसी ज्ञानकुमार महतोले जानकारी दिए ।

प्रकाशित समय १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु