गृहपृष्ठ दुई छोरासहित आमालाई पहिरोले थिच्यो
दुई छोरासहित आमालाई पहिरोले थिच्यो
सांकेतिक तस्बिर
अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर भोजपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
रामप्रसाद राई गाउँपालिका–५ मानेमञ्ज्याङमा स्थानीय कुमार राईको भान्सा घर पहिरोले पुर्दा उनकी श्रीमती मनकुमारी र छोराहरु शिवकुमार र शक्तिकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
भान्साघरमा मकै भुट्न गएका बेला माथिबाट खसेको पहिरोले थिचेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली खटिएको छ । अहिले पनि पानी र पहिरो जारी रहेकोले शव निकाल्न नसकिएको प्रहरीको भनाइ छ ।
प्रकाशित समय १३:५६ बजे

















