गृहपृष्ठ कोशीमा पानीको बहाव घट्दै, ब्यारेजका ४३ ढोका खुला
कोशीमा पानीको बहाव घट्दै, ब्यारेजका ४३ ढोका खुला
सांकेतिक तस्बिर
सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएपछि ब्यारेजका केही ढोका बन्द गरिएका छन् । पानीको बहाव घट्दै गएकाले बिहान ७ बजे १३ वटा ढोका बन्द गरिएका हुन् । हिजो राति ब्यारेजका सबै ५६ ढोका खोलिएका थिए ।
पानीको बहाव २ लाख ९० हजार क्युसेकभन्दा तल झरेकाले केही ढोका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोरखेरले जानकारी दिए । हिजो पानीको बहाव ३ लाख १८ हजार क्युसेकसम्म पुगेको थियो ।
कोशी ब्यारेजको पानी बहने क्षमता ९ लाख क्युसेक छ । २०६५ सालमा २ लाख ६५ हजार क्युसेकमै पूर्वतर्फको बाँध भत्कएकाले यसपटक कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् ।
स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सचेत गराएको छ ।
प्रकाशित समय ०८:३७ बजे

















