गृहपृष्ठ दोस्रो टी–२० : मलेसियालाई १७४ रनको लक्ष्य, विनोदको अर्धशतक

दोस्रो टी–२० : मलेसियालाई १७४ रनको लक्ष्य, विनोदको अर्धशतक

nepali-cricketer-newskarobar फाइल तस्बिर

मलेसियामा जारी दोस्रो टी–२० खेलमा नेपालले घरेलु टोलीलाई १७४ रनको लक्ष्य पस्किएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७३ रन बनाएको हो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक अविजित ५१ रन बनाएर । उनले ३ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, शरद भेषवाकरले सर्वाधिक ४० रन बनाए भने कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै, रोहित पौडेल १९ रनमा आउट भए । करण केसीले १६ रन थपे । मलेसियाका फित्री सामले ३ विकेट लिए ।

हिजो भएको पहिलो टी–२० खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो । नेपालका लागि कप्तान पारस खड्काले अविजित ८६ रनको उत्कृष्ट पारी खेल्दै मलेसियालाई पाखा लगाएका थिए । जितसँगै दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ ।

प्रकाशित समय ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु